कर्मचारीसँग वार्ता गरेर निष्कर्षमा पुग्न गाह्रो : डा सिंह

काठमाडौं, साउन १४ । ११ औं पटक आमरण अनशनमा बसेका डा गोविन्द केसीका माग सम्बोधनका लागि सरकार र केसीका प्रतिनिधिबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ ।

शनिबार सिंंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले संसदमा विचाराधिन चिकित्सा शिक्षा एने बाहेक अन्य विषयमा कुरा गर्न भने पनि आफूहरुले ऐनमा नै प्रमुख समस्या भएकाले त्यसमा केन्दित हुन आग्रह गरेपछि वार्तामा कुनै सहमती हुन नसकेका डा केसीका वार्ता टोली संयोजक वाइपी सिंह(योगेन्दप्रसाद सिंह)ले एभेरेष्ट देनिकलाई बताए ।

सरकारी वार्ता टोलीले भोलीसम्ममा प्रधानमन्त्री र प्रमुख तीन दलका प्रमुख सचेतकसंग यसबारेमा छलफल र जानकारी गराउने र त्यसपछि फेरि वार्ता हुने बताइएको छ ।

चिकित्सा शिक्षा ऐनमा परिमार्जनका लागि राजनीतिक दल र प्रधानमन्त्रीको सहयोग र सहमती विना सम्भव नभएकाले समस्या समाधानका लागि कर्मचारीले भन्दा पनि सरकार र राजनीतिक पहल र प्रतिवद्धता आवश्यक रहेको डा वाइपी सिंह बताएछन ।

आजको वार्तामा डा. केसीका तर्फबाट डा. वाइपी सिंह, डा. जीवन क्षेत्री, डा. अभिषेकराज सिंह र डा. सुमन आचार्य सहभागी थिए ।

त्यसैगरी, सरकारी पक्षबाट शिक्षा सचिव, निमित्त स्वास्थ्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सहभागी थिए ।

डा. केसी सात बुँदे माग राखी गएको सोमबारदेखि आमरण अनशनमा बसेका छन ।

कमेन्ट गर्नुहोस्