पद, अवसर र चुनौती : मन्त्री बस्नेत

काठमाडौं, साउन १४ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले मन्त्री पदलाई अवसर र चनौती दुबैका रुपमा लिएको बताएका छन ।

सल्यानी युवा सञ्जाजले राजधानीमा गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बस्नेतले मन्त्री पदलाई अवसर र अग्नि परीक्षाका रुपमा लिएको बताउँदै अग्नि परीक्षामा पास हुन नसके जोगी बन्ने बताए ।

‘यो मेरा लागि अवसर र अग्नि परीक्षा दुवै हो,’ मन्त्री बस्नेतले भने, ‘यदि यो अग्नी परीक्षामा पास हुन सकिन भने जोगी भएर हिँड्न तयार छु ।’
संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु तत्कालीन आवश्यकता भएको भन्दै मन्त्री बस्नेतले समायोजनको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने योजनाका साथ काम गर्ने बताए ।

राजनीतिक पहुँचका आधारमा सिंहदरबारमा बसेर काम नगरी थर्काएर खाने कर्मचारीलाई तह लगाउने बताउँदैं समग्र देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए ।

कमेन्ट गर्नुहोस्