माओवादी मन्त्रीलाई हिरो भएर निस्कन एमाले नेताको आग्रह

काठमाडौं, साउन १४ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतलाई नेकपा एमालेका नेता प्रकाश ज्वालाले मन्त्रालयबाट निस्कदा अघिल्ला दुई मन्त्री जस्तै हिरो भएर मात्रै निस्कन सुझाव दिएका छन ।

राजधानीमा सल्यानी युवा सञ्जाजले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सल्यान निर्वाचन क्षेत्र नं. २ का संसद ज्वालाले एउटै जिल्लाबासी भएकोले मन्त्री बस्नेतलाई हिरो भएर मात्रै मन्त्रालयबाट निस्कन सुझाव दिएका हुन ।

ज्वालाले भने, ‘यही मन्त्रालय सम्हालेका लालबाबु पण्डित र रेखा शर्मा राम्रो काम गरेर हिरो भएर निस्किए, तपाई पनि त्यसरी नै निस्कनु पर्छ ।’

कार्यक्रममा सल्यानबासीहरुले बहुदलपछि सल्यानले पहिलो पटक मन्त्री पाएको भन्दै मन्त्री बस्नेतलाई सम्पूर्ण सल्यानीहरुको शीर उच्च हुने गरी काम गर्न सुझाव दिएका थिए ।

आफूले मन्त्री पदलाई अवसर र अग्नि परीक्षाका रुपमा लिएको भन्दै मन्त्री बस्नेतले समग्र देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्