दक्षिण अफ्रिकामा फुटबल क्लबका समर्थकबीच झडप, दुईको मृत्यु

काठमाडौं, साउन १५ । दक्षिण अफ्रिकामा दुईवटा फुटबल क्लबका समर्थकबीच भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ ।  जोहानसवर्ग शहरका दुई क्लबहरु केजर शेफ्स र ओर्लान्डो पाईरेट्सबीचको खेलका क्रममा समर्थहरुबीच झपड भएको हो ।

झडपमा परी १७ जना घाईते भएका छन् । घटनापछि पनि निरन्तरता दिइएको खेल केजर शेफ्सले १-० ले जितेको थियो । ८७ हजार दर्शक क्षमताको दक्षिण अफ्रिकाकै ठूलो रंगशालाको गेटमा समर्थकबीच ठेलाठेल हुँदा घटना भएको बताइएको छ ।

यही रंगशालामा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले जेलमुक्त भएपछि आफ्नो पहिलो भाषण गरेका थिए ।

कमेन्ट गर्नुहोस्