जनप्रतिनिधिले गरेको जनप्रीय निर्णय

होम साउद

अछाम, साउन १५। अछामको ढकारी गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा र खोटो संकलनमा प्रतिबन्ध लगाउने लगायतका  जनप्रीय निर्णय  गरेका छन ।

गाँउपालिका अध्यक्ष धनबहादुर बुढा, उपाध्यक्ष लक्ष्मी साउदको प्रस्तावमा गाँउ कार्यपालिकाको बैठकवाट गाँउपालिकामा कमसल मदिरा (७० यूपी भन्दा माथिको), गुट्खा र प्लाष्टिक ब्याग प्रतिबन्ध गर्ने, एनजिओ/आईएन्जीओका कार्यहरु गाँउपालिकाको नियन्त्रणमा राख्ने, सामुदायिक वनहरुमा खोटो संकलनमा प्रतिबन्ध लगाउने र करार कर्मचारी खारेज गर्ने निर्णय गरेका छन ।

कमसल खालको सोफि मदिरा, गुट्खा जन्य पदार्थ, र प्लाष्टिकका कारण समाजमा नकारात्मक असर परेको, समाज विकास भन्दा विनासतर्फ उन्मुख हुनसक्ने, स्वास्थ्य समस्या बढ्ने भएकाले जनताको चाहनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको अध्यक्ष धनबहादुर बुढाले बताए ।

उनले भने ‘हामिलाई जनताले विश्वास गरेर जिताईसकेपछि जनतालाई पनि सहज र राम्रो हुुने गरी कामको थालनि गरेका हौं, यसमा सबैले साथ दिन जरुरी छ ।’

गाँउ समाजमा ७० यूपी भन्दा माथिको सोफि मदिराको बिगबिगी भएको र समाज आक्रान्त बन्न नदिनका लागि तथा महिला हिंसा, घरेलु हिंसा आदि घट्नाहरु बढीरहेकाले यसलाई कम गर्न आफु अग्रसर भएर लागेको अध्यक्ष बुढाले बताए ।

अवका दिनमा गाँउपालिका वासीलाई सहज र सरल रुपमा सेवा दिनका लागि गाँउपालिकाका सबै कार्यालयहरुको भवन एउटै मोडेलमा निर्माण गर्ने पनि गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको तरुण दलका जिल्ला अध्यक्ष तथा स्थानिय प्रकाश साउदले बताए ।

जथाभावी खोटो संकलनले बन विनास बढीरहेको, स्थानियलाई फाईदा भन्दा घाटा बढी देखिएकाले खोटो संकलन कार्य पनि पूर्ण रुपमा प्रतिबन्धित गर्ने निर्णय भएको यो निर्णय निकै सह्रानिय भएको उनले बताए ।

यस्तै कमसल मदिरा र गुट्खा प्रतिबन्धित गर्ने, खोटो संकलनमा प्रतिबन्ध र प्लाष्टिक निषेधित गाँउपालिका बनाउने कार्य सुरु गर्दा स्थानीयवासी निकै खुसी भएको पत्रकार तथा स्थानीय टंकप्रसाद रिमालले बताए । यस्ता खालका निर्णय कार्यान्वयन हुने हो भने गाउपालिकाको समग्र विकास र समृद्धि हुन धेरै समय कुर्न नपर्ने रिमालले बताए ।

रिमाल भन्छन ‘कमसल मदिरा मात्रै नभएर सबै प्रकारको मदिरा प्रतिबन्ध गरेर अगि बढेमा जिल्लाकै नमूना गाँउपालिका बनाँउन र विकासमा फड्को मार्न सम्भव छ ।’

कमेन्ट गर्नुहोस्