जिल्ला अस्पताल कालिकोटको अप्रेसन थ्रियटर बन्द

हप्तैबिच्छे प्रसुति व्यथाले तीन महिलाको ज्यान गयो

कालिकोट, साउन १५ । पछिल्लो एक महिनामा कालिकोट जिल्ला अस्पतालमा तिन जना महिलाले बच्चा जन्माउन नसकेर ज्यान गुमाईसकेका छन ।

गत असार २६ गते कालिकोट जिल्ला चिलखायाकी हरिशोभा सुनारको जिल्ला अस्पतालमा प्रसुति गराउन नसकिएपछि हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्याइए पनि उनको अत्याधिक रतmश्रावका कारण ज्यान गएको थियो भने त्यसको ठीक दुई हप्तापछि गत साउन ५ गते कालिकोट राष्कोट नगरपालिका ७ का मनशोभा बिकको प्रसुति ज्यथाले थलिएर ज्यान गएको थियो । त्यसको ठीक एक हप्तापछि शनिबार कालिकोट जिल्ला अस्पतालमै अर्की एक महिलाको ज्यान गएको छ ।

शुक्रबारबाट प्रसुति ब्यथाले थलिएकी राष्कोट नगरपालिका ६ की ३८ वर्षीया गोरीकला फर्सालको शनिवार मृत्यु भएको हो । फर्साललाई जटिल प्रसुति ब्यथा लागेपछि जिल्ला अस्पताल कालिकोटले उनलाई कर्णाली अञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो । तर उनको कालिकोटको राचुली पुग्दा बाटोमै मृत्यु भएपछि उनलाई पुनः जिल्ला अस्पताल ल्याएको हो । ७ छोरी जन्माएकी फर्सालको छोरो पाउने आसमै आठौ सन्तान जन्माउन खोज्दा उनको अकालमै ज्यान गएको हो ।

संविधान प्रदत्त स्वास्थ्य सुबिधा नागरिक हकको रुपमा रहेपनि कर्णालीवासीले निःशुल्क स्वास्थ्य सुबिधाको महसुस गर्न पाएका छैनन् । यद्यपी सरकारले महिला र बालबालिको स्वास्थ्यलाई संवेदनशील रुपमा हेरेको पनि देखिन्छ ।

अहिले कर्णालीजस्ता विकट क्षेत्रमा नेपाल सरकारले स्वास्थ्य सम्बन्धी शून्य होम डेलिभरि अभियान, आमा–बच्चा संवेदनशीलताका लागि साबिकका सबै गाउँ विकास समितिमा ब्रथिङ सेन्टर पनि स्थापना गरिएका छन ।

जिल्ला अस्पतालमा त सुबिधा सम्पन्न ब्यवस्थाका साथै विभिन्न चिकित्सकीय उपकरण, आधा दर्जन चिकित्सकहरु पनि रहेका छन तर पनि दिनानुदिन किन यसरी कालिकोटमा प्रसुति हुन नसकेर महिलाले अकालमा ज्यान गुमाइरहेका छन, जिल्ला अस्पतालका प्रमुख डा.कौशल अलिले जानकारी दिएको छ ।

जिल्ला अस्पतालमा सामान्य र जटिल प्रकारका अप्रेसन गर्न स्थापना गरिएको अप्रेसन थ्रियटर कक्ष दुई महिनादेखि बन्द रहेको छ तर सरोकारवाला मौन छन । अप्रेसन कक्ष मर्मत गर्न भन्दै गरिएको ठेक्कामा ठेकेदारले काम सुरु गर्दा जिल्ला अस्पतालले अप्रेसन गर्ने उपकरणहरु पनि साईड राखेन अहिले ती उपकरणहरुमा चुना, सिमेन्ट, बालुवा र धुलो धुवाँले भरिएका अवस्थामा थ्रियटर कक्षमै लथालिंग अवस्थामा रहेका छन ।

यसरी प्रसुति ब्यथा लागेर जिल्ला अस्पताल पुगेकी महिलाहरुले बारम्बार किन ज्यान गुमाउदै छन भन्ने जिज्ञासामा अस्पतालका अर्का डा.महेश्वर गोसाईको यस्तो धारणा छ ……।

शनिबार मृत्यु भएकी राष्कोट नगरकी फर्सालको त जिल्ला अस्पताल पुगुन्जेल सम्म बच्चा आमाको तल्लो पेटमा झरिसकेको थियो तर पनि न उनलाई ब्लोडीङको समस्या थियो न उनलाई कुनै अरु समस्या तर अप्रेसन थ्रियटर कक्ष बन्द रहेकै कारण स्वास्थ्यकर्मीले उनलाई जुम्ला रेफर गरे तर सोही समयमा जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्समा तेल छैन भन्दै एम्बुलेन्सले बिरामी पुगाउन मानेन बिरामीका आफन्तलाइ निजी गाडी खोज्दै तीन घण्टा समय लाग्यो, त्यतिन्जेल बिरामीको अबस्था झन जटिल बनीसकेको थियो ।

यदि समयमै एम्बुलेन्स पाइदिएको भएपनि उनि दुईघण्टा अगाडि नै स्वास्थ्य बिज्ञान प्रष्ठिान जुम्लामा पुग्थिन र उनको ज्यान जोगिन पनि सक्थ्यो उनका आफन्तको भनाई छ ।

स्वास्थ्यका दृष्टिकोणले अतिसंमबेदनशिल क्षेत्र कर्णालीमा सुबिधा सम्पन्न भनिएको एकमात्र जिल्ला अस्पतालमा आउन पनि कतिपय यातायात सुबिधा नभएका ग्रामिण भेकबाट दुई दिनको समय लाग्छ त्यसैमा जिल्ला अस्पतालमा रहेको थ्रियटर कक्ष संञ्चालनमा नआउनु भवन मर्मतका नाममा थ्रियटर कक्षका सामग्रीको पनि हिफाजत नगरिनु र भवन मर्मत सम्पन्न गरिसके पछि पनि थ्रियटर सञ्चालनमा छैन भन्दै सामान्य प्रसुति समेत गराउन नसकेर रेफर गरिनु र सोही समयमा एम्बुलेन्समा तेल छैन भन्दै बिरामी बोक्न नमान्नु जस्ता त्रुटिले सुत्केरी महिलाको ज्यान गएको छ यस्तो लापरबाहीप्रति सरोकारवालाको ध्यान जानैपर्छ ।

कमेन्ट गर्नुहोस्