बैशाखदेखि नै औषधि अभाव

बैतडी, साउन १५ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गत वैशाखदेखि नै अत्यावश्यक औषधिहरु अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।

सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनिएतापनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

याे पनि पढ्नुस  दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगितामा निङ्गलाशैनी विजयी

आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उनले बताए । सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले भने ।

स्वास्थ्य चौकीका लागि २० प्रकारको औषधि पर्याप्त मात्रामा छ तर १६ प्रकारको औषधिको भने अभाव रहेको उनले बताए ।

याे पनि पढ्नुस  बैतडीमा कोदो र मादुरो बाली लोप हुँदै

औषधि अभाव भएका स्वास्थ्य संस्थामा एक दुई महिना अझै अभाव हुने देखिएको छ । औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाइ हुने देखिएको हो ।

औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्य चौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्य चौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने पालना हुन सकेको छैन । रासस

कमेन्ट गर्नुहोस्