गैरकानूनी कामदार भेटिए साढे १३ लाख जरिवाना र जेल सजाय

साउन १५ । साउदीमा आममाफीको समयपछि पनि गरैकानूनी रुपमा काम गरेको भेटिएमा ५० हजार रियाल ९झण्डै १३ लाख ५० हजार रुपैयाँ० जरिवाना र ६ महिना जेल सजाय हुने भएको छ ।

साउदीले गएको मार्च महिनादेखि ९० दिनको आममाफीको समय दिएको थियो । यो समय सकिएपनि आममाफीको प्रक्रियामा रहेका तर पूरा नभएकाहरुलाई लक्षित गर्दै एक महिनाको समय थप गरिएको छ ।

यो समयमा पनि वैधानिक नभएर अवैधानिक अवस्थामै काम गरेको पाइएमा जरिवाना र जेल सजय हुने छ । सजायपछि ‘डिपोर्ट’ गरिने साउदीको पासपोर्ट विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्