के यी युवती वास्तवमै प्रियंका चोपडा हुन् त ?

साउन १५ । कतै तपाईंहरु झुक्किनु त भएको छैन ? कि यी युवती प्रियंका चोपडा भनेर । धेरै संख्यामा मानिसहरु झुक्किएका छन् यी युवतीलाई देखेर । यी युवतीको हेयर स्टाइल, शारीरिक बनावट, पहिरन देख्दा ठ्याक्कै प्रियंका चोपडाजस्तै छ ।

तस्वीरमा हेर्दा लाग्छ की यी युवती प्रियंका चोपडा नै हुन् । तर, वास्तवमा यिनी प्रियंका नभएर नभप्रीत बांगा हुन् ।

क्यानडामा बस्ने २१ वर्षिया बांगा फिटनेस सम्बन्धी लेख्ने सामान्य ब्लगर हुन् । उनका तस्बिर हेर्दा ठ्याक्कै अभिनेत्री प्रियंका चोपडाजस्तै लाग्छ ।

तर, उनलाई आफ्नो तस्बिर देख्दा चिडचिडाहट हुन्छ रे । प्रियंकासँग तस्बिर मिलेकै कारण उनले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ । उनलाई इन्स्टाग्राममा १८ हजारले फलो गरेका छन् ।

कमेन्ट गर्नुहोस्