सडकमा मोबाइल फोन प्रयोग गर्न नपाइने, गरे जरिवाना !

साउन १५ । अमेरिकाको हवाई राज्यको होनलुलु शहरमा बाटो काट्ने क्रममा मोवाइल फोनको प्रयोग गर्न प्रतिवन्ध गरिएको छ ।

सडकमा बाटो काट्ने क्रममा मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्रीहरु हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे तिनीहरुलाई १५ डलरदेखि ३५ डलरसम्म जरिमाना गराइने भएको छ ।

उक्त नियमलाई उल्लंघन गरिए वा पुनः दोहोर्याए अझ बढी जरिबाना गराइने अधिकारीहरुले जनाएका छन्।

आगामी अक्टोबरबाट लागु हुने उक्त नियमले सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य लिएको छ। उक्त नियमलाई आलोचकहरुले भने अनावश्यक नियम ल्याएको आरोप सरकारमाथि लगाएका छन् ।

होनलुलुका मेयर किर्क काल्डवेल चाँहि मानिसहरुले विवेक गुमाउँदै गइरहेको भन्दै अमेरिका भर सडक पार गर्दा सबैभन्दा बढी मानिसहरु उनको शहरमा दुर्घटनामा पर्ने गरेको बताएका छन् ।

होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ।

अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

तर आलोचकहरुले नयाँ कानूनले नागरिक स्वतन्त्रतामा आँच पुर्याउने भन्दै यस्ता प्रकृतिका दुर्घटना शिक्षाको माध्यमबाट कम गर्न सकिने तर्क गरेका छन् ।

कमेन्ट गर्नुहोस्