माेटरसाइकल दुर्घटनामा कांग्रेस नेताको मृत्यु

कैलाली, साउन १५ । कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ ।

धनगढीबाट हसुलिया फर्किने क्रममा ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नंको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित दुर्घटना भएकाे थियाे । दुर्घटनाबाट गम्भिर घाइते भएकामा राजेशलार्इ उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिएका छन् ।

ठक्करबाट घाइते भएकी साइकल चालक सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्