नेकपा एमालेकै सहमतिमा स‌ंशोधन प्रस्ताव निर्णयार्थ पेश हुन्छ : नेता पुन

काठमाडौं, साउन १५ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद्मा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक–दुई दिनभित्रै निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेबता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा व्यक्त गर्दै अब एक दुई दिनभित्रै उक्त प्रस्ताव प्रस्ताव निर्णयार्थ पेस हुने सरकारको तयारी रहेको बताएका छन् ।

उनले भने, ‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निष्कर्षमा पुगिसकेका छौँ, राजपाले अब परिणाम स्विकार्न तयार हुनुपर्छ, खेलको नियम मान्नुपर्छ, हामी इमानदारितका साथ दुई तिहाई पुर्‍याउने कोसिस गरिरहेका छौँ, प्रस्ताव फेल वा पास जे भए पनि राजपाले मान्नुपर्छ ।’

त्यस्तै नेकपा एमालेले पनि संशोधन गर्नैहुन्न भनेर अतिवादी चिन्तन बोकेर बस्न नहुने तर्क व्यक्त गरेका छन् ।

संशोधन नेपाली जनता र दलहरूको आवाज भएको एमालेले संशोधन प्रक्रियालाई राष्ट्रघाती र विदेशीको प्रभावमा ल्याएको भन्ने देख्न नहुने भन्दै यसबाट एमाले मुक्त हुनुपर्ने बताए ।

नेता पुनले भने, एजेण्डा मर्ने कुरा हुँदैन, परिस्थिति अनुसार एजेण्डाहरुलाई अगाडि लैजान तयार हुनुपर्छ, हामीले पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएका थियौँ, पछि संविधान जारी गर्नको लागि यो एजेण्डामा हामी लचक भयौँ, अहिले फेरि यही एजेण्डा बोकेर हामी निर्वाचनमा जान्छौं ।’

त्यस्तै मधेशवादी दलहरूको जायज माँगलाई जतिसक्दो चाँडो सम्बोधन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्