स्क्रब टाइफस माहामारी, २ सातामा ३७ जनामा संक्रमण

चितवन, साउन १५ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार दुई सातामा ३७ जनामा विरामीमा स्क्रब टाइफस रोग देखिएको छ ।

चितवन जिल्लाका विभिन्न अस्पतालमा साउनको पहिलो दुइसातामा विरामी भई उपचार गराउन आएका १०९ जना मध्ये ३७ जनामा स्क्रब टाइफस रोगका संक्रमण पाइएको हो।

चितवनको भरतपुर अस्पतालमा १८ जना, रत्ननगर बकुलहर अस्पतालमा १६ जना र नारायणी सामुदायिक अस्पतालमा ३ जना विरामीमा स्क्रब टाइफस देखिएको जनाइएको छ ।

मुसाको कानमा बस्ने माइट नामको एक प्रकारको किर्नाजस्तो संक्रमित किराले टोकेमा यो रोग सर्छ। यो ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट सर्छ। मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ ।

यो रोग लागेमा १०४ जती ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउँने, शरिरका विभिन्न अंग दुख्ने हुन्छ । मुख्यगरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन्।

कमेन्ट गर्नुहोस्