निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौमा हुने

काठमाडौं, साउन १६ । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ ।

नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो ।

भदौ पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गरेपछि क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

याे पनि पढ्नुस  नेपाली क्रिकेटको विवाद समाधान गर्न काठमाडौंमा बैठक बस्दै

हिजो राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारण सभामा लैजाने निर्णय गरेको हो ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य थिए ।

उनीहरुकै सहभागितामा नयाँ विधान तयार पारिएको हो ।

याे पनि पढ्नुस  नेपाल क्रिकेट संघको आधिकारिकता सम्बन्धी विवाद सहमति नजिक

दुई हप्ता अघि नेपाल आएको आईसीसी टोलीले प्रस्तावित विधान साधारणसभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारण सभा बोलाउन लागिएको हो ।

क्यानको साधारण सभाबाट यो विधान पारित भएपछि नेपाली क्रिकेटको विवाद समाधानको औपचारिक बाटो खुल्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्