१५ दिनमा १८ सय ८६ नयाँ मतदाता थपिए

अछाम,  साउन १६ । अछाम जिल्लामा आईतवार सम्म एक हजार ८ सय ८६ जना नयाँ मतदाता थपिएका छन ।

निर्वाचन आयोगले आगामि दिनमा हुने प्रदेश र संघिय निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता नामावलि संकलन तथा त्रुटी सच्याँउने कार्य सञ्चालन गरेपछि अछाममा उक्त संख्यामा नयाँ मतदाता थपिएका हुन ।

याे पनि पढ्नुस  ४२ मतदान केन्द्रमा नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण

उत्साहजनक रुपमा सुरु भएको मतदाता नामावलिमा नाम दर्ता कार्य अन्र्तगत साउन १ देखी १५ गते सम्मको तथ्यंक अनुसार ९ सय ९३ जना महिलाले नाम दर्ता गराएका छन भने ८ सय ९३ जना पुरुष मतदाता थपिएका छन । आईतवार मात्रै पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय अछाममा गरि २ सय २६ जनाले नाम दर्ता गराएका छन ।

याे पनि पढ्नुस  उम्मेदवारसँग हाकाहाकी पैसा माग्छन् मतदाता

१ सय २९ महिला र ९७ पुरुषले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर एकेन्द्र बोगटीले जाँनकारी दिए । यस अगि अछाममा ६७ हजार २ सय ९९ महिला, ६० हजार ४ सय ४१ पुरुष र २ जना तेस्रो लिंगी गरी १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेको थिए ।

याे पनि पढ्नुस  देशभर वाम र लाेकतान्त्रिक गठबन्धनकाे मत कति ? यस्ताे छ अा‌ँकलन

निर्वाचन आयोगको निर्देशन अनुसार सोमवार देखि ३२ गतेसम्मका लागि गाँउपालिकाको केन्द्रमै खटिएर मतदाता नामावलि संकलन गर्न तथा त्रुटी सच्याँउनका लागि जिल्ला निर्वाचन कार्यालयले दर्ता कर्मचारी परिचालन गरिसकेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्