चिनियाँ उपप्रधानमन्त्री काठमाडौं आउने

काठमाडौं ,साउन १६ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दियो ।

उपप्रधानमन्त्री एवं कृष्णबहादुुर महराको निमन्त्रणामा उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ । चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली, लिउ याङ, वाङ याङ र मा काई छन् ।

कमेन्ट गर्नुहोस्