पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु, दुई घाइते

कालिकोट, साउन १६ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पहिरोले घर पुरिँदा तीनको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

अविरल वर्षापछि गएराति आएको पहिरोका कारण स्थानीय उदय सार्कीको घर पुरिएको हो । पहिरोमा सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको हो । १३ वर्षीया ललिता सार्की, ९ वर्षीय लंक सार्की र ५ वर्षीया कल्पना सार्कीको मृत्यु भएको कालिकोट प्रहरीले जानकारी दिएको छ ।

५० वर्षीय उदय सार्की र उनकी पत्नी ४५ वर्षीया बेलु सार्की घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्