पाँच दिनपछि अपहृत बालकको जीवितै उद्धार

काठमाडौं, साउन १६ । राजधानीबाट पाँच दिनअघि अपहृत एक बालकको जीवितै उद्धार गरिएको छ । पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी स्कुलबाट घर फर्किने क्रममा गत १२ गते अपहरणमा परेका थिए ।

बुटवल घर भई हाल असनमा बस्दै आएका अजय चौधरीका ५ वर्षीय छोरा अपहरणमा परेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान भक्तपुरको काँडाघारीबाट उद्धार गरेको जनाएको छ । आज विहान करिव ४ बजेतिर सडकमा छाडिएका बालक चौधरीलाई एक वृद्धा महिलाले भेटेपछि प्रहरीलाई जानकारी दिएकी थिइन् ।

उसोतः घटनाको अनुसन्धान शुरु गरेसँगै प्रहरीले शंकास्पद लागेकाहरुमाथि ‘प्रेसर’ बनाइराखेकाले बालक सकुशल छाड्न बाध्य बनाएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

कमेन्ट गर्नुहोस्