दुर्इ नम्बर प्रदेशका लागि मधेसवादी दलसँग मिल्ने माअाेवादीकाे तयारी

महोत्तरी, साउन १६ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेश केन्द्रीत दलसँग मिलेर चुनाव लड्ने बताएका छन् ।

चुनावको तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन ।

‘चुनावमा संघिय लोकतान्त्रिक शक्तिबीच दलिय गठबन्धन बनाएर चुनावमा जाने तयारी गरको बताउँदै उनले भने, ‘प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसँग मिलेर चुनावमा जाने हाम्रो विशेष जोड हुने छ ।’ पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेससँग मिलेर गरिएको दलीय गठबन्धन तेस्रो चरणमा भने कांग्रेससँगमात्रै सीमित नहुने उनले स्पाष्ट पारे ।

तेस्रो चरणको स्थानीइ चुनावमा राजपालाई सहभागी गराउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । संविधान संसोधन नभएसम्म देशमा राजनितिक संक्रमणकालको अन्त्य नहुने जिकिर गर्दै उनले भने, ‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपासहितको चुनाव गराउनमा हामी लागिपरेका छौं । राजपा चुनावमा आयो भने एमालेविना पनि संविधान संसोधनका लागि दुई तिहाई पुग्छ । हामी संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ । स्थानीय तहको नक्सा मिलाउने कुरा हो मिलाइन्छ ।’

निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने बताइरहेका बेला अध्यक्ष प्रचण्डले भने प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनितिक दलहरु सकारात्मक रहेको जानकारी दिए । उनले भने, ‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् ।’

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ , माओवादी केन्द्रका महासचिव रामबहादुर थापालगायतका केन्द्रीय स्तरका नेता चुनावी प्रशिक्षण दिन काठमाण्डौंबाट जनकपुर पुगेका छन् ।

कमेन्ट गर्नुहोस्