डा. केसीको अनसन सातौ दिन, अाज चौथो वार्ता

काठमाडौं, साउन १६ । अनशनरत डा.गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा आज पनि सरकार पक्षसँग छलफल हुँदैछ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्ने विषयलाई मूल विषय बनाएर केसी पक्ष र सरकार पक्षबीच छलफल हुँदैछ । आइतबारको वार्ता निष्कर्षविहिन भएपछि आज अपरान्ह ४ बजेदेखि वार्ता सुरु हुन लागेको हो ।

यसअघिका सम्झौता पालना गर्नुपर्ने, आफ्ना सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने लगायत ७ बुँदे माग राख्दै डा.केसी ११ औं पटक अनशनमा रहेको छन् ।

यसैबीच अनशनरत डा.कोसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा.केसीले उठाएका माग पुरा गरेर अनशन टुंग्याउन निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्