खुट्टा भाँचिएर गम्भीर बनेकी आशालार्इ हेलिकोप्टरद्वारा उद्धार

डोल्पा, साउन १६ । खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुग्नुभएकी रुकुम जिल्ला गोतामकोट–५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पुर्याइएको छ ।

यही साउन १४ गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँया खुट्टामा ढुंगाले लागेर भाँच्चिएका कारण गम्भिर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उहाँको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्ला बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकप्टर आउन तयार भए पनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकप्टर डोल्पा आउन सकेको थिएन्।

कमेन्ट गर्नुहोस्