मृत अवस्थामा गैंडा भेटियो

नवलपरासी, साउन १६। नवलपरासीको कावासोती नगरपालिका– १७ अमलटारीमा एउटा पोथी गैँंडा मृत अवस्थामा भेटिएको छ ।

नारायणी नदी किनारमा वनभोजस्थलको झाडीमा सो पोथी गैँंडा मृत अवस्थामा सोमाबर भेटिएको हो । स्थानीयबासीले मृत गैँंडा देखेपछि वन कार्यालयमा जानकारी गराएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए ।

गर्भिणी अवस्थाको गैँंडाको मलद्वारबाट आन्द्रा निस्किएको अवस्थामा फेला परेको देवकोटाले बताए । अन्दाजी १६ वर्षको गैँंडाको खाग र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मृत्यु भएको हुन सक्ने बताइएको छ ।

परीक्षणका लागि सौराहबाट चिकित्सकको टोली अमलटारी आइपुगेको छ । गैँंडा मृतको कारण थाहा हुनसकेको छैन । यसबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्