शुल्क घटेपछि केरुङ नाकाबाट आयात सुरू

रसुवा, साउन १६ । चीनसंगको प्रमुख व्यापारीक नाका केरूङमा स्थानीय भन्सार कार्यालयले बढाएको नेपालतर्फ निकासी हुने सामानको क्लियरेन्स शुल्क घटाएपछि आयात सुरु भएको छ ।

गएको साउन १ गतेदेखि शुल्क वृद्धि भएपछि आयात रोकिएकोमा २५ सय आरएमबी घटाएपछि नेपाली व्यापारीले सोमबारदेखि आयात सुरु गरेका हुन् ।

सामान लिनका लागि चीन पुगेका कन्टेनरमध्ये तीन सय ९६ वटाको क्लियरेन्स गर्ने कार्य सुरु भएको छ । शुल्क आधा मात्र कम भएको र नेपाली व्यापारीले एकैचोटी शुल्क बुझाउन नसक्दा धेरै गाडी अहिले पनि केरूङमा नै रोकिएका छन् ।

शुल्क बुझाउने कन्टेनर नेपाल आउने क्रम शुरु भएको रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्