काठमाडौं, साउन १६ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्वको उजुरी सुन्ने समितिले नेपाल प्रहरीको बढुवा सिफारीसविरुद्ध परेका उजुरीहरु खारेज गरेको छ ।
केही समय अघि गृहमन्त्रालयले नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपी बढुवा सिफारिस गरेको थियो । सिफारिस विरुद्ध तीन जनाले समितिमा उजुरी गरेका थिए ।
बढुवा सिफारिसमा अन्याय भएको भन्दै डिआइजी मधु पुडासैनी, एसएसपी सुभाष चौधरी र एसपी विभूतिराज पाण्डेले उजुरी गरेका थिए । उजुरी उपर कुनै कारबाही नभएपछि बढुवा सिफारिस कार्यान्वयनको बाटो खुलेको छ ।
नेपाल प्रहरीले ११ जना डिआइजी, १५ जना एसएसपी, २५ जना एसपी, ३५ जना डिएसपी र ९४ जना इन्सपेक्टरलाई हालै बढुवा सिफारिस गरेको थियो ।