वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने मृतकका परिवारलाई अब २७ लाखसम्म राहत

काठमाडौं, साउन १६ । सरकारले वैदेशिक राजगारी नियमावलीमा संशोधन गरी लागु गरेपछि वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवारले वोर्ड र विमाबापत २२ लाख रुपैयाँ राहत पाउने भएका छन ।

नियमावलीमा संशोधन गरी वैदेशिक वोर्डले सोमबारबाट राहत बैदेशिक राजगारीका क्रममा मृत्यु भएका भृतकका परिवारलाई राहत स्वरुप सात लाख रुपैयाँ दिन सुरु गरेको छ । यसअघि मृतक परिवारलाई तीन लाख रुपैयाँ दिने गरेको थियो ।

श्रम स्वीकृति बैदेशिक राजगारीमा गएका कामदारको साउन १६ गतेपछि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।

श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्षभित्र मृत्यु, अंगभंग वा गम्भीर प्रकृतिको विरामी भएका कामदारले पनि वोर्डबाट सुविधा पाउने काफ्लेले बताए । २०७३ बैशाख १ गते श्रम स्वीकृति लिई विदेश गएका कामदारको १५ लाख रुपैयाँ बिमा गरेको छ ।

त्यसवाहेक २०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारले १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख विमा रकम पाउने व्यवस्था लागु गरिएको छ । अब मृतक कामदारको परिवारले वोर्ड र बिमा बापत २२ लाख राहत रकम पाउने छन । त्यसबाहेक तोकिएको रोगबाट मृत्यु भएमा त्यसमा थप ५ लाख पाइन्छ ।

विदेशी जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वकिल राख्नको लागि वोर्डले अव आर्थिक सहायता पनि गर्ने भएको छ । नेपालीको प्रतिरक्षा गर्नको लागि वकिल राख्नको लागि चाहिने बजेट पनि अब वोर्डले दिनेछ ।

कमेन्ट गर्नुहोस्