‘बराबर मत, आधाआधा कार्यकाल’

काठमाडौं, साउन १६ । व्यवस्थापिका–संसदमा पेश भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयकमा सांसदहरुका धेरै संशोधन पेश भएको छ ।

निकट भविष्यमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई उम्मेदवारले बराबरी मत पाए कुन विधीबाट विजेता घोषणा गर्ने भन्नेमा धेरै संशोधन पेश भएका छन र ती अनौठा पनि ।

भर्खरै सम्पन्न स्थानीय तहका दुई चरणका निर्वाचनमा बराबरी मत ल्याएमा गोला प्रथाबाट बिजेता घोषित गरीएको मा चित नबुझाएर माओवादी केन्द्रका सांसदहरुले बराबरी मत आएको खण्डमा बराबर कार्यकाल बाँड्नुपर्ने संशोधन हालेका छन् ।

माओवादी सांसदहरुले यसलाई समानुपातिक कार्यकालको नाम दिएका छन् । संसद सचिवालयमा माओवादी नेताहरु गिरिराजमणी पोखरेल, हितराज पाण्डे लगायत दर्जन बढी सांसदहरुले समानुपातिक कार्यकालको वकालत गर्दै विधेयमाथि संशोधन हालेका हुन् ।

कमेन्ट गर्नुहोस्