किन खनिए सांसदहरु जनार्दन र कुलमानमाथि ?

काठमाडौं, साउन १७ । सार्वजनिक लेखा समितिको बैठकमा साँसदहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् ।

मंगलबारको लेखा समितिको बैठकमा सांसदहरुले चिनियाँ कम्पनी राइजन इनर्जीसँग २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट गर्दा भ्रष्टाचार गरेको आरोप लगाउदै सम्झौतामा प्रश्न उठाएका हुन् ।

याे पनि पढ्नुस  कुलमानको चेतावनीपछि धमाधम काम, कुलेखानी तेस्रोको परीक्षण सुरु

बैठकमा कांग्रेस सांसद धनराज गुरुङले सबैभन्दा कम रकम प्रस्ताव गरेको कम्पनीलाई नदिई राइजनलाई दिएकोमा शंका व्यक्त गरे । सांसद गुरुङले भने, ‘कम रकम पेश गरेकोलाई विश्व बैंकले स्वीकार गरेन भनेर राइजनलाई दिइयो । यो आर्थिक अपराध हो, भ्रष्टाचार हो । यसमा अख्तियारले छानबिन गर्नु जरुरी छ ।’

याे पनि पढ्नुस  प्रहरी उच्च अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन– कस्तो संगठन खोजेको हो, सिधै मलाई लिखित सुझाव दिनुस्

एमाले सांसद आनन्द पोखरेल र पशुपति चौलागाईंले पनि कम रकम पेश गरेकोलाई ठेक्का नदिई राइजनलाई दिइयो यस प्रक्रियालाई रद्द गरी फेरि टेण्डर खोल्नुपर्ने बताउदै गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका गरे।

कमेन्ट गर्नुहोस्