संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेसमा दुई प्रदेश :  प्रचण्ड

जनकपुर, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ‘एक मधेस स्वायत प्रदेश’ माओवादी केन्द्रको एजेन्डा नभएको बताउँदै संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेसमा २ प्रदेश हुन पर्नेपर्छ भन्ने नै पार्टीको आधिकारी धारण भएको बताएका छन ।

याे पनि पढ्नुस  बिहानैदेखि जनकपुरलाई राजधानी तोकेपछि वीरगञ्ज बन्द, जनजीवन प्रभावित

मंगलबार जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले नेता मातृक यादवले भने जस्तो एक मधेस एक प्रदेशको एजेण्डा माओवादी केन्द्रको नभएको प्रष्टीकरण दिएका हुन ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी केन्द्रको लाइन एक मधेस स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि। हाम्रो मधेसमा सधैं स्वायत मधेस दुई प्रदेश स्पष्ट धारणा छ।’

याे पनि पढ्नुस  ओली र प्रचण्डबीच डेढ घण्टा लामो वार्ता, के भयो सहमति ?

कमेन्ट गर्नुहोस्