भ्रष्ट नेताहरु नसमातिएसम्म नागरिकले सुशासनको प्रत्याभूति गर्न असम्भव : मोदी

काठमाडौं, साउन १७ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले राजनीतिक दलका नेतामाथि उठिरहेको प्रश्नमा अख्तियार मौन बस्नुले आशंका जन्मिएको उल्लेख गर्दै भ्रष्ट नेताहरु नसमातिएसम्म नागरिकले सुशासनको प्रत्याभूति गर्न नसक्ने बताए ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले ठूलो र सानो माछा भन्नुभन्दा पनि भ्रष्टाचार गर्नेलाई अपराधी मानेर नै आयोगले काम गरिरहेको बताएका छन ।

याे पनि पढ्नुस  बाढीपीडित र महिला हिंसाका घटनाप्रति गृहमन्त्रीको गम्भीर चासो

प्रमुख आयुक्त बस्नेतले अख्तियारलाई छल्न ठूला आर्थिक सरोकारका विषय मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने परिपाटी मौलाएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार बसेको संसदको सुशासन समितिको बैठकमा सांसदहरुले अख्तियारको ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउने प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताएका छन । उनीहरुले आयोगमा २४ हजार उजुरी भएपनि जम्मा १४४ वटामा मात्रै मुद्दा दर्ता भएको भन्दै आयोगको कार्यशैलीको कडा आलोचना गरेका छन् ।

याे पनि पढ्नुस  गृहमन्त्री शर्मा भन्छन - राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय छैन

बैठकमा एमाले वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले राज्यकै कमजोरीका कारण भ्रष्टाचार बढी रहेका दावी गरे । राज्यको स्रोत र साधनलाई दुरुपयोग हुन नदिन राज्यले उपयुक्त नीति बनाउन नसक्दा मुलुकमा आर्थिक अनियमितताको सुरु भएको खनालले दावी गरे ।

कमेन्ट गर्नुहोस्