अफगानिस्तानको मस्जिदमा आत्मघाती बम बिस्फोट, २९ जनाको मृत्यु

साउन १८ । अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम बिस्फोट भएको छ । उक्त बम विष्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानको हेरातस्थित मस्जिदमा प्रार्थना चलिरहेका बेला प्रवेश द्वारमा दुई जनाले सो आत्मघाती बम विष्फोट गराएका अधिकारीहरुले जनाएका छन् ।

याे पनि पढ्नुस  अफगान प्रहरीद्वारा २१० किलो विस्फोटनका पदार्थ कब्जा

एक जनाले अन्धाधुन्ध गोली प्रहार गरेको र अर्का एक जनाले आत्मघाती बिस्फोट गराएको अफगानी अधिकारीहरुले बताएका छन् ।

शिया समुदायको बाहुल्यता रहेको हेरातमा उनीहरुलाई नै लक्षित गरिएको बताइएको छ । घटनामा ६४ जना घाइते भएका छन् । मृतककाे संख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

कमेन्ट गर्नुहोस्