राजधानीमा स्वाइन फ्लुबाट मर्नेको संख्या चार पुग्यो

काठमाडौ, साउन १९ । स्वाइनफ्लु नेपालमा देखिएसँगै राजधानीमा त्यसबाट मर्नेको संख्या चार पुगेको छ । पटिल्लो पटक धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत ३६ वर्षीया एक महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ।

विगत सात महिना यता ८२ जनालाई स्वाइन फ्लुको पुष्टि भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जनाएका छन्।

कमेन्ट गर्नुहोस्