अचम्मः १०१ वर्षमा जन्माइन १७ औं बच्चा

पत्याउन सकिन्न यो समाचार । हैन रु एक सय एक वर्षमा पनि कोही गर्भवति हुन सक्छन् त ?

‘अहँ सक्दैनन्’ सबैले यही भन्छन् । तर यस्तो भएको छ । पत्याउन करै लाग्छ ।

इटलीकी यी महिला एक सय एक वर्षकी छिन् । तर यिनले सबै तथ्यहरुलाई चुनौती दिँदै १७ औं बच्चा जन्माइन ।

एक सय एक वर्षकी महिलाले नौ पाउण्डको बच्चा जन्माएको खबरले चिकित्सा जगतमा आलोचना समेत भएको छ ।

कसरी सम्भव भयो त ?

समाचार अनुसार, टर्कीको एउटा निजि क्लिनिकमा डा। एलेक्जेन्ड्रो पोपोलिकीले यी महिलामा अण्डाशय प्रत्यारोपण गरेका थिए । यो प्रत्यारोपण अप्रेशनले चिकित्सा क्षेत्रमा विवाद सिर्जना भएको हो । यूरोपियन कानुनहरुले अण्डाशयको प्रत्यारोपणलाई अवैध बताउँदै आएका छन् ।

अनातोलिया व्हर्टाडेला नाम गरेकी यी महिला भने औधी खुशी छिन् । १७ औं बच्चा भगवानको आशीर्वाद भएको उनको बभनाई छ । १६ बच्चा पाएपछि डिम्बग्रन्थीमा क्यान्सर लागेपछि उनी निकै निराश थिइन । अहिले फेरी आमा बनेपछि आफू गौरवान्वित भएको उनको अनुभूति छ ।

कमेन्ट गर्नुहोस्