Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सलमान खान अदालतमा

साउन २१ । बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् । अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् ।

सलमान खानका वकिल हस्तिमल सरस्वतले जनाएअनुसार अदालतले खानसँग २० हजार रुपैयाँ धरौटी मागेको थियो । यस मुद्धाको अर्को सुनुवाई अक्टुबर पाँचमा हुनेछ ।

शुक्रबार मुद्धाका बारेमा बहस नभएको र धरौटी मात्रै बुझाइएको खानका वकिलले जनाएका छन् ।

खानलाई सन् १९९८ मा बिना लाइसेन्सको पेस्तोल राखेको र हरिण मारेको अभियोग लागेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: