‘पाण्डे र मिश्र संसदमा भएपछि माफियालाई के गाली गर्नु’

काठमाडौं, साउन २१ । डा गोविन्द केसीको समर्थनहरुले  सांसदहरुले नै चिकित्सा क्षेत्रका माफियालाई सहयोग गरेको आरोप लगाएका छन ।

डा केसीको समर्थनमा राजधानी आयोजित जनप्रदर्शनमा बोल्ने बक्ताले सांसदहरुले नै चिकित्सा क्षेत्रका माफियालाई सहयोग गरेको आरोप लगाएका छन ।

राजेन्द्र पाण्डे र बंशीधर मिश्र जस्ता व्यक्तिहरु संसदमा भएपछि माफियाले बिगारे भनेर अरुलाई गाली गर्नुको कुनै औचित्य नभएको डा जीवन क्षेत्रीले दावी गरेका छन ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै डा. जीवन क्षेत्रीले भने, ‘राजेन्द्र पाण्डे जी बशीधर मिश्रजी तपाईहरु जस्ता सांसद हुँदाहुदै हामी माफियालाई के गाली गरौं ।’

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानन्यायाधीश शुशीला कार्की पनि सहभागी भएकी छन्।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा भएको प्रदर्शनमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, क्रान्तिकारी माओवादी र अन्य संघसंस्थाको पनि समर्थन रहेको छ।

डा. गोविन्द केसीका समर्थक र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा अध्ययनरत विद्यार्थीहरूले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। घण्ट बजाउँदै उनीहरूले केसीले उठाएका माग पूरा गराउन सरकार र संसदलाई आग्रह गरेका छन्। ‘माफियाहरू देश घेर्दै, ६०१ के हेर्दैरुु, ‘भ्रष्टाचारको अन्त्य गरौं, सदाचारको सुरुवात गरौ’ ‘सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षामा पहुँच पाउनुपर्छ’, ‘भोकै बस्ने कसैलाई रहर छैन, सम्झौता गरेर ठग्न पाइँदैन’ लगायतका नारा उनीहरूले लगाएका थिए।

कमेन्ट गर्नुहोस्