अपाङ्ग अधिकार सम्बन्धी विधेयक पारित

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक २०७४ पारित भएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले सो विधेयक पारित गरियोस भनि उक्त प्रस्ताव पेस गरेकी थिईन ।

यस्तै आजको बैठकले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संशोधन विधेयक २०७३ र लेखापरीक्षण विधेयक २०७३ सर्वसम्मतले स्वीकृत गरेको छ ।

कमेन्ट गर्नुहोस्