पत्रकार महासंघको नेतृत्वका लागि प्रेस सेन्टरबाट गोविन्द आचार्य 

काठमाडौं, साउन २३ ।  नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्यलाई उठाउने भएको छ ।

आइतबार राजधानीमा बसेको छनोट समितिको बैठकले महासंघको नेतृत्वका लागि आचार्यको नाम सर्वसम्मत गरेको हो । दुई दशकदेखि पत्रकारिता पेशामा आवद्ध आचार्यले  यसअघि पत्रकार महासंघमा उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

अचार्यसँग तत्कालिन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा प्रेस सल्लाहकारको भूमिका निर्वाह गरेको, न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयोजक बनेर काम गरको अनुभव समेत छ ।

कमेन्ट गर्नुहोस्