अभिनेता आमिर खानलाई स्वाइन फ्लू संक्रमण

मुम्बई, बलिउडका चर्चित अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू देखिएको छ ।

संक्रमणकै कारण जल संरक्षणसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी आमिर खानले दिएपछि यो सार्वजनिक भएको हो ।

लगत्तै आमिर खानले भिडियो कन्फ्रेन्सका माध्यमबाट आफ्नो बिमारीका बारेमा जानकारी दिएका थिए । “आज निकै खुसीको दिन हो तर दुखको कुरा, वर्षमा एकपटक यो दिवशका दिन हामी सँगै हुनुपर्नेमा मलाई भएको बिमारीका कारण म आउन सकिनँ” उनले भने, “मलाई स्वाइन फ्लू लागेको छ । यो एन१एन१ भाइरस कारण भएको हो । म जहाँ गएपनि यो फैलिने डर छ, त्यसैले एकहप्ता घरमैं बस्नुपर्ने छ ।”

याे पनि पढ्नुस  हालसम्म स्वाईन फ्लूका ३८१ बिरामी, १० को मृत्यु

कमेन्ट गर्नुहोस्