कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध तस्करको मृत्यु

काठमाडौं, साउन २३ । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जना लागूऔषध कारोबारको मृत्यु भएको छ । मृतक लागुऔषध तस्कर प्रवीण खत्री रहेको जनाइएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी खत्रीलाई प्रक्राउ गर्न उनको घरमा गएको जनाइएको छ । प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्