सदनमा चर्काचर्की, संसद बैठक चारदिन स्थगित

काठमाडौं । व्यवस्थापिका–संसद बैठकमा बोल्ने अधिकाश सांसदहरुले विभिन्न समस्या समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराएका छन । साथै सांसदले नियमित कार्यसूचीबाट सहकारी ऐन हटाएकोमा पनि आपत्ति जनाएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै सांसदहरुले १९ दिनदेखि आमरण अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था र उनका मागको सम्बोधनका लागि सदन र सरकारको ध्यानकर्षण गराएका हुन ।

साथै सांसदहरुले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचार, अस्थायी शिक्षकको जारी अनशनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि गम्भीर बन्न पनि आग्रह गरेका छन ।

सांसदहरु कृपाराम राना, कृपासुर शेर्पा, कृष्णभक्त पोखरेल, गोमा कुँवर, गौरीकुमारी ओली, चन्द्रकान्त भण्डारी, जगदिश्वरनरसिंह केसी, जीवनबहादुर शाही, तप्तबहादुर विष्ट, डिल्लीप्रसाद काफ्ले, तुलसा रानालगायत सरकार र सदनको ध्यानाकर्षण गराएका हुन ।

विभिन्न विषयमा सांसदहरुले चर्को रुपमा सरकार र सदनको ध्यानाकर्षण गराएपछि संसद बैठक साउन ३१ गते दिउँसो १ बजे सम्मका  लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्