Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पहलाज निहलानीलाई हटाईयो, भारतीय सेन्सर बोर्डको अध्यक्षमा प्रसुन जोशी

नयाँ दिल्ली, विवादका बीच भारतीय सेन्सर बोर्डका नयाँ प्रमुखमा प्रसुन जोशी नियुक्त भएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले तीन वर्ष अघि निहलानीलाई नियुक्त गरेको थियो । चलचित्रमा कट्स र विवादित टिप्पणीका कारण विवादमा रहेका निहलानीविरुद्ध केरला उच्च अदालतलमा मानहानीको मुद्दा समेत चलिरहेको छ ।
नव नियुक्त प्रसुन जोशी भारतको उत्तराखण्ड निवासी हुन । अल्मोडाको दन्या गाउँमा जन्मेका प्रसुनको प्रारम्भिक शिक्षा टिहरी, गोपेश्वर र चमोलीमा भएको थियो । उनी हिन्दी कवि, लेखक, पटकथा लेखक र भारतीय सिनेमाका गीतकारका रुपमा परिचित छन् । चलचित्र तारे जमिन परको गीतमा उनलाई राष्ट्रिय पुरस्कार समेत पाइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: