विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार सहयोग

म्याग्दी, साउन २८ । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् ।

जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो ।

याे पनि पढ्नुस  एमाले म्याग्दीमा विवाद, केन्द्रका लागि १४ उम्मेदवार सिफ़ारिस

विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

करिब रु तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

याे पनि पढ्नुस  पर्यटकीय पदमार्ग निर्माण शुरु

जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्