नवनिर्वाचित मेयर रेणु दाहाल बाढी प्रभाबित क्षेत्रमा

चितवन, साउन २९ । निरन्तरको वर्षा र बाढीका कारण चितवनका विभिन्न स्थानहरु डुबानमा परेपछि चितवनकी नवनिर्वाचित मेयर रेणु दाहाल त्यहाँ पुगेकी छिन् । माँदी सौराहा लगायतका दर्जनौ स्थानमा बाढी र डुबानले जनजीवन प्रभावित भएपछि मेयर दाहालको नेतृत्वमा महानगरको टोली प्रभावित क्षेत्र पुग़ेको हो ।

आज बिहान मेयर दाहालको नेतृत्वमा बसेको उप मेयर पार्वती शाह, ज़िल्ला प्रमुख अधिकारी, नेपाली सेनाका कर्णेल, प्रहरी प्रमुख, उपलब्ध वडा सदस्यहरूसहितको बैठकले प्रभावित क्षेत्रमा उद्दार र राहतको कामलाई तीब्रता दिने निर्णय गरेको थियो ।

ज़िल्ला विपद व्यपस्थापन समितिको ३ वटा टोली र मेयर दाहालको नेतृत्वमा रहेको टोली अहिले चितवनका बिभिन्न प्रभावित क्षेत्रमा पुगेका छन ।

मेयर दाहालले प्रभावितहरूसँग भेट गरी अवस्था बुझेर महानगरपालिकाबाट आवश्यक सहयोग तथा दीर्घकालीन कार्यक्रमको घोषणा गर्ने बताईएको छ

कमेन्ट गर्नुहोस्