Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१२७ करोडका मालिक महेश बाबू

साउन २९ । दक्षिण भारतका सुपरस्टार महेश बाबू करीब १२७ करोडका मालिक हुन् । हसिलो अनुहार भएका महेशले ४ वर्षको उमेरदेखि अभिनययात्रा सुरु गरेका हुन् ।

उनले बाल कलाकार भएर १९९० सम्म दर्जनौ फिल्ममा काम गरेका थिए । त्यसपछि आफ्नो अध्ययनका लागि फिल्मि दुनियाँबाट केही समय ब्रेक लिएपनि उनी १९९९ बाट पुनः फिलिममा उदाएका हुन् । २००५ मा मिस इन्डिया र बलीवुड एक्ट्रेस समेत रहेकी नम्रता शिरोडकरसँग विवाह गरे ।

९ अगस्तबाट ४४ वर्षमा प्रवेश गरेका महेशको आकर्षक कार कलेक्सन पनि छ । हैदराबादमा एक लग्जरी महल छ, जसको मूल्य अहिलेको अवस्थामा करीब ११ करोड भारतीय रुपैयाँ पर्छ ।

महेश बाबू एक फिल्मका लागि करीब १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्छन ।

‘राजा कुमारुदुु’बाट पुनः चलचित्रमा उदाएका उनको यो फिलिम सुपरहिट नै भयो । उनले ‘मुरारी’, ‘बबी’, ‘ओक्काडू’, ‘अर्जुन’ , ‘पोकिरी’ , ‘बिजनेसम्यान’, ‘आगदु’ , ‘ब्रह्मोत्सवम’ सहित कयौं फिल्ममा अभिनय गरेका छन् । उनको नयाँ फिल्म ‘स्पाइडर’ अागामी २७ सेप्टेम्बरबाट प्रदर्शनमा आउँदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: