उद्दार र राहतका लागि जुट्न मातहतका कार्यालयलाई निर्देशन

काठमाडौं, साउन २९ । महिला बालबालिका तथा समाज काल्याण मन्त्रालयले लगातारको वर्षापछि देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानमा परि ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले भनेको छ,‘ बाढी, पहिरो र डुबानबाट दर्जनौं व्यक्तिको मृत्यु भएको कयौं बेपत्ता भएका र घाइते, अलपत्र परेका अवस्थाका शोकाकुल परिवारमा सम्वृदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकमा विपतिको समाना गर्ने धर्यताको कमना गर्दछौं ।’

मन्त्रालयले प्रकृतिक विपत्तीमा परेको जनताको तत्काल राहत र उद्दारका लागि अन्तर मन्त्रालय समन्वय गर्ने भएकाले सबै मातहतका निकाय तथा कर्मचारीहरु आ–आफ्रनो क्षेत्रमा अन्य निकायसँग समन्वय गरी राहत र उद्दारको कार्यमा जुट्न भनेको छ ।
पढ्नुहोस विज्ञप्ती

कमेन्ट गर्नुहोस्