बाढी पीडितका लागि कांग्रेस सांसदले एक महिनाको तलब दिने

काठमाडौं, साउन २९ । बाढी पहिरो पीडितहरुको उद्धार र राहतका लागि नेपाली कांग्रेसका सांसदहरुले एक महिना बराबरको तलब उपलब्ध गराउने भएका छन । त्सस्तै कांग्रेसले बाढी पहिरो पीडितहरुका लागि राहत उपलब्ध गराउन सहयोग कोषसमेत स्थापना गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितका लागि आर्थिक सहयोग जुटाउनका लागि नेपाल बैंक लिमिटेड कुपण्डोल शाखामा खाता खोलेको हो । कोषको खाता नं. ०१३५—११—००१००७५ रहेको जनाएको छ ।

याे पनि पढ्नुस  तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

उद्योगी, व्यापारी, वुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, शिक्षक, कर्मचारी, कानून व्यवसायी, विभिन्न पेशा तथा व्यवसायी लगायत पार्टीका कार्यकर्ता, विदेश स्थित नेपाली जनसम्पर्क समिति, पार्टीका समर्थक र शुभेच्छुकहरुसहितका सबैलाई कांग्रेसले कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

कांग्रेसले जिल्लाका सबै निकायलाई वाढी पहिरो प्रभावितको उद्दार र राहतका लागि परिचालन गरेको छ । बाढीग्रस्त क्षेत्रमा पुगी एकीकृत रुपमा उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग प¥याउँदै थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउने लगायतका कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउँदैछ, तयार हुनुहोलाः सभापति देउवा

कमेन्ट गर्नुहोस्