यस्तो छ बिभिन्न कंपनिको राइट शेयरको मिति र तरिका

काठमाडौं । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन विभिन्न वाणिज्य बैंक, विकास बैकहरुले हकप्रद शेयरहरु निष्कासन गरेको छ । यसैगरी विमा समितिले तोकेको चुक्ता पुजी पुर्याउन समेत बिमा कम्पनीले पनि हकप्रदको बाटो रोजेका छन् । नयाँ आर्थिक वर्षको शुरुवात सर्ग विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त कम्पनीहरुले हकप्रद शेयर निष्कासन गरेका छन् । पछिल्लोपटक २ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, १ वटा फाइनान्स, २ वटा लघुवित्त र ३ वटा बीमा कम्पनी गरी १३ वटा कम्पनीले हकप्रद शेयर निष्काशन गरेका छन् ।

एभरेस्ट बैंक लिमिटेडः एभरेस्ट बैंक लिमिटेडले ३ बराबरका १ को अनुपात अर्थात ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ करोड ५० लाख ८८ हजार ८७ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त शेयरमा असार ६ गतेसम्म कायम शेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्ति गरेको छ ।

माछापुच्छे बैंक लिमिटेडः माछापुच्छे बैंकले १२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त हकप्रद शेयरमा जेठ १६ गतेसम्म कायम शेयरधनीले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

कामना विकास बैंक लिमिटेडः कामना विकास बैंकको १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय अंकित मूल्यमा २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको २४ लाख १३ हजार १ सय ३७.६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा २०७३ मंसिर १० गतेसम्म कायम शेयरधनीले असार ११ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले असार ११ गतेदेखि निष्काशन खुल्ला भएको छ । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सलाई नियुक्ति गरेको छ ।

पूर्णिमा विकास बैंक लिमिटेडः पूर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँको ८ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडः अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ अनुपातका दरले हकप्रद निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १८ लाख ३ हजार २ सय ४७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा शेयरधनीले असार २५ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद प्रयोजनका लागि जेठ २१ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले जेठ २० गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद बिक्री प्रबन्धकमा बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडः सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १ दशमलव ३ को अनुपातमा अर्थात १३० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा शेयरधनीले असार असार ३० गतेबाट भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद प्रयोजनका लागि असार १४ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले असार १३ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

कञ्चन डेभलेपमेन्ट बैंक लिमिटेड : कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले १० बराबर ३ को अनुपातमा अर्थात् ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा जेठ ३१ गतेसम्म कायम शेयरधनीले असार ३१ गतेदेखि भदौ १ गतेगतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

गुडविल फाइनान्स लिमिटेड : गुडविल फाइनान्स लिमिटेडले १० बराबर ६ अनुपातको अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रदमा असार १ गतेसम्म कायम शेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्ति गरेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड : मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २ बराबर १ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले हकप्रद प्रयोजनका लागि जेठ १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले असार १६ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले असार ५ गतेदेखि साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड : रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ बराबर १ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । कम्पनीले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । यसका शेयरधनीले शेयर असार २५ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिनसक्नेछन् । बैंकले हकप्रद प्रयोजनका लागि असार १७ देखि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले असार १६ गतेसम्म कायम रहेका शेयरधनीले मत्रै बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले शयेर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्सलाई नियुक्ति गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड : हिमालयन जनरल इन्स्योरेन्सको १ बराबर १ दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको छ । १६६ प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि लगानीकर्ताले असार १५ गतेभित्र शेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्ति गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड : लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ बराबर १ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर असार ३० गतेबाट निष्काशन खुल्ला भएको छ । उक्त हकप्रद शेयरमा असार १२ गतेसम्म कायम लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

  1. एनबी इन्योरेन्स लिमिटेड : एनबी इन्स्योरेन्स कम्पनीले १ बराबर १ अनुपात अर्थात् शतप्रतिशत हकप्रद निष्काशन गरेको छ । २७ करोड बराबर रुपैयाको २७ लाख कित्ता हकप्रद शेयर असार ५ गतेबाट निष्काशन गरेको छ । एनबी इन्स्योरेन्सको हकप्रद शेयरमा जेठ ३ गतेसम्म कायम शेयरधनीले असार ५ गतेदेखि साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

कमेन्ट गर्नुहोस्