भारतको धारचुलामा भीषण वर्षा, ७ को मृत्यु एक दर्जन वेपत्ता

दार्चुला । भारतको पिथौरागड जिल्लाको धारचुलामा भीषण वर्षापछि आएको बाढीले अहिलेसम्म सात जनाको ज्यान गएको छ । बाढीमा अन्य ११ जना हराइरहेका छन् ।

धारचुलास्थित कैलास मानसरोवर यात्रा मार्गमा आइतबार राति वर्षापछिको बाढीका कारण कैयौ घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी जवान समेत रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बाढीका कारण कयौँ पशुहरु तथा केही खच्चरसमेत बगेको बताइएको छ । पहिरोकै कारण दार्चुला सदरमुकाम भएर बग्ने महाकाली नदिको बहावसमेत बढेको छ ।

घटनास्थल धारचुलाभन्दा ८ किलोमिटरको दुरीमा पर्दछ । मांगती र सिमखोलामा मोटर पुल क्षतिग्रस्त भएको छ । सेनाको तीनओटा ट्रकमा रहेको सामान पनि बगेको छ । अन्य धेरै होटल, घर र धनमाल क्षति भएको खबर छ ।

घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

कमेन्ट गर्नुहोस्