के छ बाबुरामलाई देवेन्द्र पौडेललगायत १५ नेताले बुझाएको स्पष्टिकरणको जवाफमा ?

कयौ महत्वपूर्ण विषयवारे पत्रमा उल्लेखीत व्यहोरा त्रुटीपूर्ण

काठमाडौं, साउन ३० । नयाँ शक्ति नेपाल पार्टीका नेता देवेन्द्र पौडेलसहितका १५ नेताहरूले पार्टी नेतृत्वले मागेको २४ घण्टे स्पष्टिकरणको जवाफ दिएका छन् । बागबजारको हार्दिक होटलमा साउन २६ गते पत्रकार सम्मेलन गरेर पार्टीको विचार, कार्यदिशा र नेतृत्वका बारेमा भ्रामक धारणा सार्वजनिक गरेको भन्दै संयोजक बाबुराम भट्टराईले नेता देवेन्द्र पौडेल सहितका नेतालाई २४ घण्टे अल्टिमेटम सोधेका  थिए ।

आइतबार साँझ नयाँ शक्तिको मुख्यालय पुगेर पौडेलसहितका असन्तुष्ट नेताहरुले स्पष्टिकरण पत्र बुझाएका हुन् । नेताहरुले पार्टी संयोजक बाबुराम भट्टराईलाई जवाफ बुझाएका थिए ।

संयोजक भट्टराईलाई नेताहरुले दिएको जवाफ यस्तो छ :

नयाँ शक्ति पार्टी नेपालका सयोजक डा.बावुराम भट्टरार्इ,

पार्टीका सार्वभौम सदस्यहरु र सम्पूर्ण शुभचिन्तक जनसमुदायहरु ,

विषय : सत्य तथ्य र वास्तविक्तामा आधारित लिखीत स्पष्टोत्ति प्रेशीत गरेको सम्वन्धमा ।

नयाँ शक्ति पार्टी नेपालका सयोजक तथा पूर्व प्रधानमन्त्री डा.बावुराम भटट्राईले निम्न बुँदा उल्लेख गरि पार्टीमा आवद्ध रहेका हामीहरु क्रमशः देवेन्द्र पौडेल , महेन्द्र पासवान , बामदेव क्षेत्री , कुमार पौडेल , मुक्ति प्रधान , पासाड.शेर्पा , सुशिला सिर्पाली , वलावती शर्मा , तिलक थापा , अम्वरध्वज लामा, वहीद अन्सारी , हरि चौलागाई , शर्मिली तामाड., रत्न राणा र रविन्द्र सुनार समेत १५ जनालाइ २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनी मिति २०७४।४।२७ गते स्पष्टीकरण माग गरीएको पत्र ईमेल मार्फत हामीले प्राप्त गरि पत्रको व्यहोरा सहर्ष अवगत भयो। हामीले यो संयुक्त स्पष्टोक्तिपत्र जारी गरेको छौ । सम्वद्ध सवैले जानकारीमा लिई सत्य र वास्तविक तथ्य अवगत गरि दिनु हुन विषेश अनुरोध गर्दछौ । १ स्पष्टीकरण सोधीएको वूंदाहरु ।

(क) १५ जना संघिय परिषद सदस्यहरुले हिजो २०७४।४।२६ गते काठमाण्डौ वागवजारको होटल हार्दिकमा पत्रकार सम्मेलन गरि पार्टीको विचार , नेतृत्व र कार्यदिशा वारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गर्नु भएको समाचार सुन्नमा आएको छ ।

(ख) यो कुरा के कति सांचो हो ? भर्खरै सम्पन्न भएको पार्टी केन्द्रीय समितिको १३ औ वैठक ( श्रावण ९—१०) र पार्टी तेश्रो संघिय परिषद वैठक (श्रावन ११—१३) मा तपाईले कुनै भिन्न मत दर्ज गर्नु भएको वा धारणा राख्नु भएको थिएन ।

(ग) पार्टी भित्र छलफल गर्ने लोकतान्त्रीक अधिकार सवैलाई छदै थियो । पार्टीको प्रचलीत मान्यता , अन्तरपार्टी लोकतान्त्रीक विधि र पार्टीका ति निकायका निर्णय विपरित गर्नु पर्ने के त्यस्तो परिस्थिति आई प—यो ? उपरोक्त क्रियाकलापहरु पार्टी विधानको अध्याय ९ः १ : क विपरित ठहर गरि अध्याय ९ः२ः वमोजिम तपाईलाई अनुशासन उलंघनको कारवाही किन:  नगर्ने २४ घण्टा भित्र पार्टी केन्द्रीय कार्यालयमा आई लिखीत रुपमा स्पष्ट गर्न यो पत्राचार गरिएको छ ।

२ उल्लेखीत सोधिएको विषयहरु वारे निम्न वास्तविक तथ्यको आधारमा स्पष्ट गर्न चाहन्छौ ।

(क) प्रथमतः हामीसंग स्पष्टीकरण माग गरिएको पत्र हतासमा तयार गरिएको र कयौ महत्वपूर्ण विषयवारे पत्रमा उल्लेखीत व्यहोरा त्रुटीपूर्ण छ । हामी सवै संघिय परिषदको सदस्य मात्र हैन । हामी अधिकासं साथीहरु महाधिवेशन आयोजक समितिको सदस्यहरु हौ । स्पष्टीकरण माग गरिएको व्यक्तिहरुको हैसियत के हो ? पार्टीमा रहेको रेकर्ड समेत नहेरी हामीलाई जारी गरेको पत्र स्वभाविक नभएको मात्र हैन , फेहरिस्त हेर्दा धेरै त्रुटीहरु विद्यमान भएको प्रतिक्रिया व्यक्त गर्न चाहन्छौ ।

हामीले मिति २०७४ श्रावण २६ गते काठमाण्डौ वागवजार स्थित हार्दीक होटलमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रम मार्फत नयाँ शक्ति पार्टी नेपालमा विद्यमान विविध समस्या र मुख्यतः सैदान्तीक , वैचारिक, पार्टीको राजनैतिक कार्यदिशा र कार्ययोजना स्पष्ट गर्नु पर्ने तर्फ जोड दिदैव्यापक छलफलको लागी पटक पटक प्राय ः सवै वैठकहरुमा सयोजकसंग मौखीक रुपमा माग गर्दै आएको थियौ । हामीहरु मध्येका वामदेव क्षेत्रीले गत श्रावण ९ गते र गत वर्ष समेत लिखीत रुपमा विषयवस्तु उठान गरि पार्टीको हितमा सुझाव सहितकोछलफल विषय उदृत गरि सयोजकलाई वुझाउनु भएको थियो । त्यसै गरि मुक्ति प्रधानले मुख्यतः पार्टीको राजनैतिक कार्यदिशा र नेतृत्वको भूमीका वारे सुझाव सहितको पार्टीको तल्लो तह सम्म छलफलको माग गरि लिखीतपत्र सयोजकलाई मिति २०७४ आषाढ २० गते पार्टीको वैठकमै सवैले देख्ने गरि वुझाएको हो । गत श्रावण ९ र १० गते भएको केन्द्रीय कार्यकारीको वैठकमा हामीले विषयवस्तुको प्रभावकारी उठान गरेको र श्रावण ११ देखी १३ गते सम्म चलेको संघिय परिषदको वैठकमा पार्टीले अवलम्वन गर्नु पर्ने वैचारिक कार्यदिशा वारे अधिकांस सहभागीहरुलेस्पष्ट दृष्टिकोणहरु व्यक्त गरेका थिए । प्राप्त सुझाव समावेस गरि राजनैतिक प्रतिवेदन परिमार्जन गर्ने सयोजकको प्रतिवद्धतालाई विश्वास गरि हलमा वैठकले सहमति गरेको हो ।

यथास्थितिमा राजनैतिकि प्रतिवेदन पारित भएको किमार्थ होईन । संघिय परिषदको भेलामा उठेका विषयवस्तुहरु समावेस नगरि एकपक्षीय प्रतिवेदन तयार गरेको हामी महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई वितरित प्रतिवेदनबाट देखीयो , यसबाट विषयवस्तुत झन जटिल वन्दै गयो । यस्ले गर्दा थुप्रै आसंकाहरु श्रृजना भएको पृष्ठभूमीमा हामीले आफनो धारणा खुल्ला रुपमा छलफल गर्ने प्रयत्न स्वरुप हामीले उठान गरेको वैचारिक र राजनितिक विषयहरु पार्टीकै हितमा खुल्ला छलफल होस भन्ने उदेश्यले सार्वजनिक गरेको कार्यलाई अनुशासन उलंघन गरेको कार्य गरेको भन्ने परिभाषा गर्न र निष्कर्शमा पुग्न कुनै कोणबाट समेत नमिल्लने सयोजक लगाएत पार्टीका सार्वभौम सदस्यहरुलाई दिग्भ्रमीत नहुन अनुरोध गर्दछौ ।

(ख) आधुनिक समाजमा विचार र अभिव्यक्तिको स्वतन्त्रता लोकतान्त्रीक पद्धतिको आधारभू एवं नैसर्गीक अधिकारको रुपमा आत्मासात गर्न सयोजकलाई विषेश आग्रह गर्न चाहन्छौ । पार्टीको विधानको धारा ९ः१ःझ मा राजनीतिक विषयका खुल्ला वहस गर्ने, आफनो अभिमत राख्ने , विचार व्यक्त गर्ने , लेख्ने र वोल्ने स्वतन्त्रतालाई अनुशासनको दायरामा ल्याईने छैन भन्ने उक्त व्यवस्थालाई आत्मासात गरि हामीले पार्टीको राजनैतिक कार्यदिशा तय गर्ने पार्टीको हितमा विचार निर्माण गर्ने र मुलुकको वर्तमान आवश्यता प्रति वोध गर्दै वृहद राजनैतिक ध्रुविकरणको आवश्यकताको विषयलाई अन्तरहृदयबाट मनन गर्नु पर्नेमा हामीले सकारात्मक सोच साथ नयाँ शक्ति पार्टीलाई विचार सहित जनतामा स्थापीत गर्नु पर्ने अनिवार्यतालाई जोड दिएको विषयवस्तुलाई ठिक विपरित दिशाबाट सोच वनाई अनुृशासन उलंघन गरेको भन्ने नामाकारण गरि हामीलाई सोधिएको स्पष्टीकरणपत्र विधानको भावना विपरित भएको र हामी प्रति पूर्वाग्रह राख्ने केही समकक्षी मित्रहरुको हतास मानसिक्ताको परिणाम भएको निष्कर्शमा पुग्न वाध्य भएका छौ । हामीहरु उपर अनुशासन उलंघन गरेको भन्ने निष्कर्श र स्पष्टीकरण सोधीएको प्रकृयालाई तत्काल सच्याई, पार्टीबाट त्यसलाई तत्काल फिर्ता लिएको घोषणा गर्न सयोजकसंग विषेश अनुरोध गर्दछौ ।

(ग) नयाँ शक्ति पार्टीमा विद्यमान समस्यालाई हल गर्न हामीहरुलाई लागेको धारणा सकारात्मक दृष्टिकोणका साथ सार्वजनिक गरेकोयथार्थतालाई हामीले ईन्कार गर्न सक्तैनौ । हामीले पार्टीको हितमा अपील सार्वजनिक गरेको त्यो कार्यक्रम हामी विचार र धारणा मिलेका नयाँ शक्ति पार्टी नेपालका महाधिवेशन आयोजक समितिका सदस्यहरुले आम वौद्धिक र समग्रह राजनैतिक पार्टीहरु र विषेशतः माओवादी जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित आन्दोलन संचालनकर्ता र विविध आन्दोलनकारी शक्तिहरुलाई अग्रगामी विचारको निर्माण र एजेण्डा मिल्ने पार्टीहरु विच वृहद धु्रविकरणको पक्षमा छलफल गर्न आव्हान गरेको अपील प्रष्ट रुपमा पार्टीको हक हितको पक्षमा उल्लेखनिय आधारको रुपमा अनुरोध गर्न चाहन्छौ । केही पत्रकार मित्रहरुको विच अत्यन्तै अनौपचारीक छलफल गरि हामीलाई लागेका सैदान्तीक वैचारिक र दार्शनिक विषयसंग सम्वन्धीत धारणाहरुको लिखीत बुँदाहरु पत्रकार मार्फत नेपालको राजनैतिक वृतमा अत्यन्तै सरल र स्वभाविक रुपमा सार्वजनिक वहसको लागी अपील गरेका हौ। स्पष्टीकरणमा उदृत भए जस्तो पत्रकार सम्मेलन गरेको होईन । पत्रकार सम्मेलन गरे भन्ने सुचनाको श्रोत नै पूर्वाग्रहपूर्ण रहेको छ ।

हामीलाई जारी गरेको स्पष्टीकरण पत्रमा सुन्नमा आएकोभन्नु मात्र प्रयाप्त हुदैन । पत्रकार सम्मेलन भएको पुष्टि गर्ने आधार र कारणहरु पनि हुनु पर्छ । सामान्य विषयलाई गंभिर घटनाको संज्ञा दिई राजनितिक अन्तर सम्वादको आधारमा विषयवस्तुको समाधान गर्न यथार्थता वुझनु पर्नेमा सुनेको भरमा अप्रत्यासीत रुपमा स्पष्टीकरण माग गर्ने निर्णयमा पुग्नु आफैमा गंभिर विषय वनेको छ । हामी विरुद्ध कारवाही किन ? नगर्ने भनी स्पष्टीकरणमा प्रयोग भएको भाषा आफैमा कठोर र त्यसको प्रभाव एकाधिकारवादी प्रकृतिको देखीन्छ । त्यस्तो भाषा र प्रकृया ठाडो कारवाहीको प्रशासनीक प्रकृया भएकोले राजनैतिक विषयको समाधान राजनैतिक अन्तर सम्वाद र छलफलबाटै निकास हुनुपर्नेमा स्पष्टीकरण सोध्ने , कारवाही किन नगर्ने ? भन्ने जस्ता अप्रीय वाक्य समायोजन भएको पत्र जारी गरि प्रशासनीक प्रकृयाको अवलम्वन भएकोस्पष्टीकरणलाई सयोजकबाट तत्काल फिर्ता घोषणा गरि छलफलमा आएका विषयलाई राजनैतिक रुपमा समाधानको लागी विषेश अनुरोध गर्दछौ ।

(घ) हामीले प्रेसीत गरेको अपील मुलुकको संकटपूर्ण राजनैतिक परिस्थितिलाई संकटबाट सरलता तर्फ अगाडी वढाउने सोच तर्फ केन्द्रीत छ । नेपालको तत् तत्समयमा भएका आन्दोलनका उपलब्धिहरु कुनै पनि समय प्रतिगमनकारी शक्तिहरुबाट अपहरित हुने अवस्थाको श्रृजना हुने गंभिर आसंकहरु सतहमा देखीएको छ । प्रतिगमनकारी शक्तिहरु, उपलब्धिको विनास र कव्जा गर्ने तर्फ उद्धत छन्। यथास्थितिवादी शक्तिहरु, अग्रगामी रुपान्तरणलाई अवरोध श्रृजना गर्न तल्लीन छन्। अन्य आन्दोलनकारी शक्तिहरु विच साझा एजेण्डा र समान धारणा भएको राजनितिक शक्तिहरुको एकता हुन नसक्दा त्यस्को सोझो फाईदा प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरुले कव्जा गरि रहेको नेपालको यो जटिल अवस्थाबाट मुलुकलाई निकास दिन अग्रगामी शक्तिहरुको वृहद ध्रुविकरण वाहेक अन्य राजनितिक निकास तत्काल देखीन्दैन ।

यीनै विषयलाई मनन गरि श्रमिक उत्पीडीत जनताको हक हित र उनीहरुको हक अधिकारको सुनिश्चितता , रक्षा र संरक्षण गर्ने नेपालको विशिष्ठतालाई सवोधन गर्ने वैज्ञानीक समाजवाद तर्फ मुलुकको समग्र आर्थिक विकास सम्वृद्धि केन्द्रीत गर्ने , उनीहरुको हक हितमा एकढिक्का भै उभिन शाहस गर्ने सवै राजनितिक शक्तिलाई एकत्रित गर्न पहलकदमी लिन र नेतृत्व गर्न उक्त अपीलमा सयोजक डा. भटट्राई कै नाम किटान गरि वहांको आवश्यतालाई जोड दिएका छौ । स्पष्टीकरण पत्रमा उदृत गरिएको जस्तो पार्टीको कुनै निकायको निर्णयलाई हामीले तोडेको छैनौ , समग्र मुलुकमा पार्टीको राजनैतिक उपस्थीति र नेतृत्वको आवश्यतालाई गहन वोध गरि अपीलपत्र लाई नकारात्मक सोचबाट विश्लेशन नगर्न र सयोजकबाट व्यक्त हुदै आएको उत्ति अनुसार कुनै पनि कार्य गर्दा आवेगले होईन , विभेकले गर्नु पर्छ भन्ने कथनलाई हामीले आत्मासात गर्दै सयोजक डा.बावुराम भटट्राईलाई पनि पुनरस्मरण गराउन चाहन्छौ ।

(३) हामी मध्ये कसैले लामो समय देखी र कसैलेछोटो समय भए पनि सयोजक लगाएत नयाँ शक्ति नेपाल पार्टीका सार्वभौम सदस्यहरुसंग राजनैतिक सहकार्य गर्दै आएको छौ । राजनैतिक जिवन आफैमा एउटा जटिल तर गतिशिल पक्ष भएकोले निस्वार्थ रुपमा देश र जनता को सिपाही हैसियतले आफनो स्वाभिमानलाई सदा उचा राख्दै आफनो मुलुकको अस्मीता , श्रमीक , मेहनतकस जनता र सवैखाले उत्पीडीत समुदायको मुक्तिको पक्षमा निरन्तर लड्ने अठोटका साथ नयाँ शक्ति पार्टी , नेपालको यात्रामा सयोजक लगाएतका पार्टी नेतृत्व सवै सहयात्री भएका छौ । पार्टीलाई ठिकढंगले परिचालन र विकासको पक्षमा हामीले राखेका धारणाहरुलाई , पार्टीको विचार , नेतृत्व र कार्यदिशाको वारेमा भ्रामक धारणा सार्वजनिक गरेको भन्ने वुझन र निशकर्षमा पुग्न मिल्दैन । हामी विरुद्ध घोर अन्याय हुन्छ । हामीले प्रत्यक विषयमा सकारात्मक सोच राख्ने अर्ति भन्दा अभ्यासरत रहनु नै श्रेष्ठकर हुन्छ भन्ने थप सुझाव व्यक्ति गर्न चाहन्छौ । त्यसैले अन्तमा विचार , दर्शन , राजनितिक विषयमा जति छलफल हुन्छ ,त्यसबाट त्यही उचाईमा सहि निष्कर्श निस्कीन्छ ।

राजनैतिक विचार, छलफल र अन्तरसम्वादको प्रकृया समाजलाई निरन्तर गतिशिल वनाउने र मानव सभ्यताको भौतिक पक्षलाई अग्रगामी परिवर्तन गर्ने दर्शन र विज्ञानको श्रोत भएकोले यस विषयमा अझ व्यापक छलफलको अवस्था श्रृजना गर्नु हुनेछ भन्ने सयोजकसंग विषेश अपेक्षा गर्दछौ । उल्लेखीत आधार, कारण सहितको स्पष्टोक्तिबाट हामीबाट पार्टीको हितमा अपील सार्वजनिक गरेको प्रष्ट हुन्छ ।

२१ सौ सताव्दिमा दण्डको सिदान्त अलोकप्रीय सिद्ध भै सकेको छ , छलफल अन्तर सम्वाद र सहअस्तित्वको सम्मानको सस्कृतिको विकास भैरहेको विश्व परिवेशलाई इन्कार गर्दै केही सिमीत सदस्यहरुको उपस्थीतिमा अत्यधिक सदस्यहरु विरुद्ध कारवाहीको निष्कर्श नै अलोतान्त्रीक एवं कठोर दण्डको मानसिक्ताले ग्रसीत भएको तर्फ पनि सयोजकको ध्यानाकर्ष गर्न चाहन्छौ । वस्तुमा अन्तर निहीत अत्यन्तै नरम गुणमा विपरित प्रकृतिको कठोर प्रवृति अन्तरनिहीत हुन्छ भन्ने द्धन्द्धबादको आधारभूत नियम प्रति पनि हामी उतिकै सचेत भएको सयोजकलाई स्मरण गराउन चाहन्छौ । अतः हामी उपर लगाइएको दोषारोपन सहितको स्पष्टीकरणपत्र र कारवाही तत्काल रद्ध गर्ने निर्णय तथा घोषणा गरि नयाँ शक्ति पार्टी , नेपालमा विचार र अभिव्यक्तिको स्वतन्त्रताको रक्षा साथै विचार , सिदान्त र दर्शनको सम्मान गर्ने सस्कृति विकास होस नयाँ शक्तिमा आवद्ध हुने सवै नेता तथा सदस्यहरुलाई कामयाभी हुनेछ भन्ने कामनाका साथ यो स्पष्टोक्तिपत्र प्रेषित गरेका छौ । हामी र पार्टी प्रति सकारात्मक भूमीकाको दायीत्व निर्वाह गर्ने सवै मित्रहरुलाई समेत हार्दिक , धन्यवाद ।

 

कमेन्ट गर्नुहोस्