Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किन पुरुषहरुलाई म बोल्ड हुँदा तनाव हुन्छ ?

साउन ३१ । यही आउँदो भदौ १६ गतेदेखि सबै हलहरुमा रिलिज हुन लागेको चलचित्र ‘बादशाहो’ की मुख्य नायिका हुन्, इशा गुप्ता ।

तर, इशाको चर्चा अहिले चलचित्रले भन्दा पनि उनको सेमी न्यूड तस्बिरका कारण भएको छ । इशाले सामाजिक संजालमा आफ्ना सेमी न्यूड तस्बिर पोष्ट गरेपछि यसले हंगामा नै मच्चायो ।

तस्बिरमा विभिन्न खालका कमेन्ट आएपछि इशाले एक म्यागेजिनसँग कुराकानी गर्दै दरिलो जवाफ फर्काएकी छिन् । उनले भनेकी छिन्– ‘यदि कोही यूवती बोल्ड हुन्छिन् त पुरुषलाई तनाव हुन थाल्छ । उसलाई यस्तो लाग्छ कि, कोही उसको पुरुषत्वलाइ चुनौती दिइरहेकी छ ।’

उनले यस्ता मानिस कपटी र पाखन्डी हुन्छन् समेत भनेकी छिन् ।

इशाले महिलाका न्यूड तस्बिर मोबाइलमा सुरक्षित गरेर बाहिर गाली गर्ने पुरुष कपटी भएको समेत आरोप लगाएकी छिन् । उनले अगाडि भनिन्– ‘कुनै पनि यूवतीको फोटोसुट उसको इच्छाशक्तिमा निर्भर गर्दछ ।’ उनले आफूले खिचेका तस्बिहरु सुन्दर भएको भन्दै नहटाउने समेत बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: