२३ दिनपछि डा. गोविन्द केसीले तोड़े अनशन, यस्तो छ कारण

काठमाडौं, साउन ३१ । आमरण अनसनमा बसेको २३ दिनपछि प्रा.डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

देशमा उत्पन्न असहज अवस्थाका कारण भन्दै डा. केसीले केही समयअघि आमरण अनशन स्थगित गरेको जनाएका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै उनी ११ पटक सबैभन्दा लामो अनसन बसेका थिए ।
तराईका जिल्लाहरुमा बाढीले निम्त्याएको विपद्लाई मध्यनजर गर्दै डा. केसीले अनशन स्थगित गरेको उनका एकजना सहयोगी डा.अभिषेकराज सिंहले बताए ।

खासगरी एमालेका नेताहरु राजेन्द्रप्रसाद पाण्डे लगायतले डा.केसीको माग कुनै हालतमा पूरा हुन नदिने बताएका थिए ।

पटक पटक गरी एघारौं पटकसम्म आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य सोमवारदेखि निकै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका थिए । आज उनको स्वास्थ्य अवस्थाको ख्याल गरेर डाक्टरहरु परिचालन भएका थिए ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण २६ वटा जिल्ला नराम्ररी प्रभावित भएपछि डा. केसीले उनको अनसनलाई समर्थन गरेर आन्दोलनमा रहेका डाक्टरहरुलाई आन्दोलन स्थगित गरेर उपचारमा तराई जान आग्रह गरेका थिए ।
अन्तिम पटक चिकित्सा क्षेत्रका विकृति अन्त्य गराउने अडानसहित अनसन बसेका डा.केसीको माग सरकारले पूरा गरेको छैन ।

कमेन्ट गर्नुहोस्